अन्तरजातिय विवाह गरेका कारण छोरी खो सेर माइतीले लगे, केटा बे पत्ता

काठमाडौ, मुगुमा अन्तर जातीय विवाह गरेका एक जोडीको बिचल्ली भएको छ । परिवारको इच्छा विपरित विवाह गरेकै कारण केटी पक्षले केटालाई बे पत्ता बनाएको आ रोप लागेको छ । उनी माथि हात पात पनि भएको केटा पक्षको आ रोप छ । सर्केगाड गाउँपालिका(१ को जैर गाउँका १९ वर्षीय चन्द्रे का मीले गाउँकै युवतीसंग अन्तरजातिय विवाह गरेका थिए । मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग विवाह गरेका चन्द्रे अहिले बे पत्ता छन् ।

उनीहरुले एक महिना अघि विवाह गरेका थिए । विवाहवाट केटी पक्ष खुसी थिएनन् । उनीहरुले केटाको घरमै पुगेर विवाद गरेका थिए । मंसिर २९ गते चन्द्रेको घरमा पुगेका केटी पक्षकाहरुले उनलाई आफ्नो घरमा लिएर आएको बताइएको छ । त्यस यता उनी हराएका छन् ।

ठकुरीकी छोरीसँग का मीको छोराले विवाह गरेको भन्दै युवती पक्षकाले छोरोलाई हात पात गरेको केटा पक्षकाहरुको भनाई छ । अहिले तीन दिन देखि छोरा सम्पर्क विहिन भएपछि खोजीका लागि आग्रह गरेका छन् । सुन्तली भने आफ्नै माइतीमा भए पनि मेरो छोरा तीन दिनदेखि बे पत्ता छ।

तर सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। युवकलाई अझै भेटाउन सकिएको छैन। खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

छोराले गत मङ्सिर ५ गते मल्ललाई घरबाटै भगाइ आफ्नो घरमा लगेका थिए । युवती लगेपछि करिब २० जनाको समुह चन्द्रेको घरमा पुगेको स्थानियको भनाई छ । उनीहरुले केटाको घरमा तोड फोड पनि गरेका थिए ।का मी र मल्ल जात नमिल्ने भएर भागी विवाह गरेका थिए। उनीहरु भागेको दिनदेखि माइतपक्षको ध म्की सहँदै आउनुपरेको केटा पक्ष्को भनाई छ । तीन वर्षदेखि दुबै जना प्रेममा थिए ।

प्रतिक्रिया दिनुहोस