तपाईको नङले पनि गर्छ भविष्यको संकेत, यस्तो नङ हुने रोगी की धनवान ?

काठमाडौँ, हातको रेखा हेरेर भविष्यवाणी गर्ने त तपाईले सुन्नु भएकै होला तर हातको नङ हेरेर आर्थिक स्थिति पत्ता लगाउने कुरा सायद पहिलो पटक पढ्नु भएको होला।हजुर नङको आकार र रंगबाट तपाईको आर्थिक स्थिति र स्वभाव पत्ता लगाउन सकिन्छ। गरुड पुराण अनुसार जसको नङ पहेलो हुन्छ त्यो मानिस नपुंसक हुन्छ।

जसको नङमा धब्बा र हेर्दा राम्रो देखिदैन यस्तो व्यक्ति जीवनमा धेरै उन्नति गर्न सक्दैनन्, यिनीहरुको आर्थिक स्थिति सामान्य हुने गर्छ। नङ टेढोमेढो र रेखा युक्त छ भने आर्थिक दृष्टिबाट प्रातिकुल स्थिति दर्शाउने गर्छ।

जसको नङ रेखा, धब्बा रहित र राम्रो छ भने उनीहरु धनवान् हुने गर्छ। यदी कसैको नङ बीच भागबाट उठेको छ भने उनीहरु जीवनमा संघर्ष गर्नेको संकेत मानिन्छ।पुरुषहरुको नङ गोलो आकारको छ भने आर्थिक समृद्धिको सुचक मानिन्छ र यस्तो व्यक्ति दिन प्रति दिन नै उन्नति तर्फ अग्रसर हुन्छन्।

त्यस्तै स्वास्थ्य विज्ञानमा पनि नङको रङलाई निकै महत्व दिइएको छ। नङको रङले स्वास्थ्य अवस्थाका बारेमा संकेत गर्छ। यदी नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ । यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ। किनभने यस्तो कालो धर्सा छालाको क्यानसरको संकेत पनि हुन्छ ।

त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ । नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो ।बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ । यस्तो रङले मधुमेहको संकेत गर्छ । नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ ।

चिकित्सा शास्त्रको इतिहास हेर्ने हो भने, प्राचिन कालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरण थिएनन् । त्यतिबेला आयुर्वेदिकले रोगीको शारीरिक निरीक्षणको क्रममा नाडी, जिब्रो र हात खुट्टाका नङलाई हेरि रोग पत्ता लगाउने गर्थे । उनीहरुले यसकै आधारमा गम्भीर रोगको समेत सफल उपचार गर्थे।

प्रतिक्रिया दिनुहोस