अचानक आकाशमा आयो आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थालेपछी…… (भिडियो सहित)

काठमाडौं। अमेरिकी पाइलटहरुले आकाशबाट आएको एक चम्किलो वस्तुलाई आफ्नो क्यामेरामा कैद गरेको दावी गरेका छन् । पाइलटहरुले जतिबेला यो घटना क्यामेरामा रेकर्ड गरे त्यतिबेला उनीहरुको विमान आकाशमा उडिरहेको थियो । यो चम्किलो वस्तु एलियनहरुको उडन तश्तरी भएको दावी गरिएको छ । आश्चर्यजनक रुपमा यो चम्किलो वस्तु उक्त विमानको साथ–साथ ३० मिनेटसम्म उडिरह्यो ।

डेलीमेलको एक रिपोर्टअनुसार भिडियोमा मेक्सिकोमाथि उडिरहेको फेडेक्सका पाइलटहरुले आफ्नो क्यामेरामा एक चम्किलो वस्तुलाई कैद गरेका छन् । विशेषज्ञहरुले यो युएफओ हुन सक्ने बताएका छन् । केही विशेषज्ञहरुले यसलाई एलियनको उडनतश्तरी भएको बताएका छन् । १९ आर्च २०२० मा यी पाइलटहरुले मेक्सिकोको मन्टेरीनजिकै कार्गो विमान उडाइरहेका बेला यो वस्तु देखिएको थियो । यो वस्तु उनीहरुको बिमान अगाडि बढ्दा सँगसँगै अगाडि बढिरहेको थियो ।

पाइलटहरुले यो घटनाको भिडियो खिचेका थिए । यो भिडियोको बारेमा नेशनल एभिएसन रिपोर्टिङ सेन्टर अन एनोमलस फेनोमेनाको एक रिपोर्टमा विश्लेषण गरिएको छ । रिपोर्टका अनुसार बोइङ ७६७ कार्गो विमान उडाइरहेका यी पाइलट एक क्यारिअर पाइलट हुन् । उनीसँग एक प्रमुख कार्गो कम्पनीका लागि काम गरेको १९ वर्षको अनुभवका साथै वाइड बडी उडाएको अनुभव पनि छ ।

रिपोर्टमा भनिएको छ ‘घटना त्यतिबेला भयो जब पाइलटले ककपिटको बायाँतर्फ माथिबाट एक पहेंलो सेतो प्रकाश खसिरहेको देखे । उनीहरुलाई यो उल्का हो भन्ने लाग्यो तर अचानक यो चम्किलो वस्तु विमानको बराबरी उचाइमा आएर रोकियो । वस्तुले विमानमा लेजर प्रकाश फ्याँक्यो । टक्करबाट बच्न विमानलाई वस्तुबाट टाढा गरियो । तर त्यो वस्तुले विमानको साथसाथ अगाडि बढ्न सुरु गर्यो । रहस्यमय तरिकाले यो विमानको राडारमा पनि देखिएन ।

प्रतिक्रिया दिनुहोस