अस्ट्रेलियामा मिलिपेड्स ‘अरिमठ्ठे’को नयाँ प्रजाति भेटियो, जसका १३ सय ६ वटा खुट्टा छन्

अस्ट्रेलियामा मिलिपेड्स ‘अरिमठ्ठे किरा’को नयाँ प्रजाति पहिलोपटक भेटिएको छ। मिलिपेड्स धेरै खुट्टा हुने जीव हो।तर हाल भेटिएको नयाँ प्रजातिको सामान्य मिलिपेड्सकोभन्दा धेरै खुट्टाहरु छन्। यस नयाँ प्रकारको मिलिपेड्समा १३०६ वटा खुट्टा भएको नेसनल जियोग्राफीले जनाएको छ।

यो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ जसको आँखा छैन्। वैज्ञानिकहरूका अनुसार पृथ्वीमा आजभन्दा ४० करोड वर्षअघि मिलिपेड्सको उत्पत्ति भएको हो।मिलिपेड्सको अर्थ हजार खुट्टा भएको जीव भन्ने हुन्छ। हालसम्म यो जीवमा हजारवटा खुट्टा भेट्टाइएको थिएन तर अब भने त्यो नामले पूर्णता पाएको छ।

यसअघि सबैभन्दा धेरै खुट्टा भएको मिलिपेड्स इलाक्मे प्लेनिप्स प्रजातिको थियो, जसको ७५० वटा खुट्टा हुन्छन्। उक्त प्रजातिको कीर्तिमान भंग गर्नेगरी वैज्ञानिकहरूले हालै १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन्। उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन राखिएको छ।

प्रतिक्रिया दिनुहोस