छोरीसँग रमाउँदै रक्षाः आमा बनेपछि धपक्क बलेको उनको सुन्दरता (फोटो फिचर)

लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगोनि‘मा आफ्नो गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन् ।

उनले आफ्नी छोरी माहिरासँगका तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन् । सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् ।

सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् । यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन ।

प्रतिक्रिया दिनुहोस