माइती पक्षले बेहुली खोसेर लगेपछि बेपत्ता भएका चन्द्रे ८ दिन पछि यस्तो अवस्थामा फेला परे

काठमाडौ । अन्तरजातिय विवाह गरेका कारण माइती पक्षले बेहुली खोसेर लगेपछि बेपत्ता भएका युवक ८ दिन पछि फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका(१ जैरका चन्द्रे कामी सम्पर्कविहीन भएको ८ दिनपछि फेला परेका हुन् । अन्तरजातीय विवाह गरेपछि युवतीका माइती आएर फिर्ता लगेपछि उनी मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

चन्द्रे बुधबार बिहान हिँडिरहेको बेला खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ । चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका(४ मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेपछि उनका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए । चन्द्रे पनि सोहिदिन देखि सम्पर्कविहिन थिए ।

चन्द्रेलाई फेला पारेको जनाएको प्रहरीले थप विवरण आउन भने बाँकि रहेको जनाएको छ । यस अघि चन्द्रेलाई केटी पक्षले नै बेपत्ता पारेको चन्द्रेका परिवारले दाबी गर्दै आएका थिए भने केटीको परिवारले आफ्नी छोरीलाई मात्रै ल्याएर फर्केको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस