…त्यसपछि आफ्नै बुवाको गर्भ बोक्ने निर्णय गर्दै २५ बर्षकी यी युवतीले जन्माइदिइन् आफ्नै बुवाको बच्चा….!

काठमाडौं । पिता–पुत्रीको सम्बन्ध निकै पवित्र तथा मर्यादायुक्त सम्बन्ध हो । कुनै छोरीले आफ्नो बाबुको सन्तान जन्माउने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर बेलायतमा भने एउटा यस्तै घटना भएको छ ।

बेलायतमा एक २५ वर्षकी युवतीले आफ्नो बुवाको सन्तान जन्माइदिएकी छिन् । वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन् ।

सौतेलो बुवाको शुक्रकिटसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम गर्भाधान गराइएको थियो । ती युवतीको नाम होली हो र उनी अविवाहित छिन् । आफ्नी आमाका कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

उनकी आमाले एन्ड्रयू नामका एक पुरुषसँग बिहे गरेकी थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन । कृत्रिम गर्भाधान समेत सफल भएन । त्यसैले उनले आमाको खुसीका लागि सौतेलो बुवाको शुक्रकिटबाट गर्भाधान गराएर बच्चा जन्माइदिएकी हुन् ।

आमाका लागि स्वस्थ छोरी जन्माइदिएपछि उनले त्यो बच्चा आमालाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अनकनाए । तर कुरा बुझाएसँगै बच्चीलाई अपनाउन सबै राजी भए ।

आफैंले जन्माइदिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरीलाई आफूले बहिनी मानेर माया गर्ने होली बताउँछिन् । –एजेन्सी

हातमा यस्ता रेखा हुनेको बैबाहिक जीवनमा हुन्छ समस्या, तपाई छ ?

काठमाडौँ । मानिस जन्मेपछि उसले भोग्ने जीवनका सबै कुरा हातका रेखाले निर्धारण गर्ने हस्त रेखा विज्ञानको दावी छ । मानिसको विवाह देखि हरेक कुरा हातका रेखाले नै निर्धारण गर्ने समेत यो विज्ञानको दावी छ ।कतिपय ब्यक्तिको जीवनमा बिबाहको योग नै नहुने र कतिपयको रेखाकै कारण विवाह सफल नहुने योग हुने हस्तरेखा विज्ञानको भनाइ छ ।,

बैबाहिक जीवन प्रभावित पार्ने रेखा कुन कुन हुन् ?
विवाह रेखा हत्केलाको सबै भन्दा सानो औंला अर्थात कान्छी औंला नजिक हुन्छ । यो रेखा हृदय रेखा तर्फ अघी बढेको देखिन्छ । कतिपयको हातमा अगाडी गएर यो रेखा तीन भागमा बाँडिएको जस्तो देखिन्छ । यदि यो रेखा विभाजित भएको छ भने बैबाहिक जीवन सफल हुँदैन ।बिबाह रेखा बाँढिएको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखी हुन सक्दैन । यस्तो रेखा हुने ब्यक्तिको जीवनमा बैबाहिक सम्बन्धमा असमझदारी हुने र प्रेमको अभाव हुने हुन्छ ।

समुद्रशास्त्रका अनुसार जुन ब्यक्तिको हत्केलामा हृदय रेखातर्फ विवाह रेखा बढी ढल्किएको हुन्छ त्यस्ता ब्यक्तिको बैबाहिक जीवन कष्टकर हुन्छ ।यदि यस्तो रेखा केटीको हातमा छ भने त त्यस्ता स्त्री विवाह गर्नासाथ विधवा बन्ने खतरा समेत हुन्छ । केटाको हातमा यस्ता रेखा भए पत्निको साथ मिल्दैन ।

अझै विवाह रेखा कान्छी औंला सम्म नै पुगेको छ भने त यो निक्कै अशुभ मानिन्छ । यस्ता रेखा कमै मान्छेको हातमा हुने गर्छ । कतिपय यस्तो रेखा हुने ब्यक्तिको त विवाह नै नहुने समेत हुन सक्छ । विवाह गर्न नचाहने वा चाहेर पनि नहुने समस्या देखिन सक्छ ।,

प्रतिक्रिया दिनुहोस