१२ सय तलबमा दुबई पुगेकी महिलाको एक वर्षभित्रै ५५ सय दिराम पुग्यो तलब … हेर्नुहोस कारण यस्तो रहेछ

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन ।

तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ ।

पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो ।
उहाँले मलाई सबै कुरा बताउनुभयो ।

त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें । उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें ।

मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ ।

मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ । मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन ।

८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो ।

दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ ।

त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नराम्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ ।
कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन ।

ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं । म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो । काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ ।

८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ ।

त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नराम्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ ।
कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं ।

म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो । काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ ।

त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ । पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ । बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो ।

कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन ।

म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें । पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो

अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु । दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं

प्रतिक्रिया दिनुहोस