खाना पचाउने र प्रतिरक्षा प्रणालीको रक्षा गर्ने कलेजो जोगाउन अपनाउनुहोस् यी ८ उपाय

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो ।

आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त ?

जैतूनको तेल
जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।

बेसार
बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ। दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।

अमला
अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।

ग्रीन टी
यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।

करेला
स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।

गोलभेंडा
यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस