जसले प्रहरीको निन्द्रा खोसे, बिकिनी मात्र राखेर झण्डै २० जनाभन्दा बढी महिलाको ज्यान लिए

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्नुनपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न सरकारलाई आग्रह गरेको छ ।शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पठाउन आदेश दिएको हो । शोभराजले वृद्ध उमेरका कारण आफूलाई जेलमुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ। नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटक–पटक निवेदन दिएका थिए। यो पटक भने त्यो माग पूरा हुने देखिन्छ । सर्वोच्च अदालतले हालै विद्यमान कानुनी व्यवस्था अनुसार शोभराजलाई कैद छुट दिने वा नदिने भन्ने बारेमा निर्णय लिन सरकारलाई आदेश दिएका बेला केन्द्रीय कारागारको पछिल्लो भनाइ आएको हो।

केन्द्रीय कारागारका जेलर वेदनिधि अधिकारीले भने, “विगतमा जस्तो जेल प्रशासनलाई अ’प्ठे’रोमा पा’र्ने, अन्य कैदीलाई न’चाहिँ’दो का’म ग’र्न उ’क्सा’उने, जेलभित्रको अनुशासन भ’ङ्ग ग’र्ने वा अस्वाभाविक माग राख्ने जस्ता कार्य हाल शोभराजले गरेका छैनन्।”

झण्डै ४४ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडाली साथी लरेन्ट केरिरेको ह’त्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाण्डू र भक्तपुर जिल्ला अदालतले ज’न्मकै’दको फैसला सुनाएका थिए। ‘बिकिनी कि’ल’र’ र ‘सिरियल कि’ल’र’ जस्ता उपनामले समेत चिनिएका शोभराजविरुद्ध भारत, थाईल्याण्ड, टर्की, ईरान लगायतका मुलुकमा गरी झण्डै २० जनाभन्दा बढीको ह’त्या ग’रे’को आरोप छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलोपटक उनीवि’रु’द्धको ह’त्या आ’रोप पुष्टि भएको बताइन्छ। भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज हाल एक ‘सज्जन, इमान्दार र कर्तव्यनिष्ट व्यक्ति’ जस्तो व्यवहार गर्ने गरेको कारकारमा खटिएका अधिकारीहरू बताउँछन्।

को हुन् चार्ल्स शोभराज ?

अपराधको दुनियाँमा चार्ल्स शोभराज एउटा यस्तो नाम हो, जसले कैयौं देशको प्रहरीको निन्द्रा खोसेको छ । उनी यति चलाख थिए र यति सरसफाईका साथ अपराध गर्थे कि जनताले उसको सुराकी समेत राख्न सकेनन् । अपराध गरेर उनी चुपचाप बाहिर निस्कने गर्दथे ।

भियतनाममा जन्मिएका यी दुष्ट अपराधी चार्ल्स शोभराज भियतनामी आमा र भारतीय बाबुका छोरा हुन् । उनको वास्तविक नाम हत्चन्द भानानी गुरुमुख चार्ल्स शोभराज हो । लगभग सबैलाई मुर्ख बनाउने चार्ल्स शोभराज भनिन्छ । दक्षिणपूर्वी एसियाका देशहरू उसको शि’का’र भए । उनी चोरी र ठगीका यस्तो विज्ञ खेलाडी हुन् जसको उदाहरण विरलै पाइन्छ।

चार्ल्स शोभराजको व्यक्तित्व निकै रहस्यमय रहेको छ र उनलाई बिकिनी कि’ल’र पनि भनिन्छ । मानसिक रोगबाट पीडित चार्ल्स शोभराजले आफ्नो जीवनशैलीलाई रोचक र रोमाञ्चक बनाउन ज्या’न लि’ने, ठ’गीज’स्ता अ’परा’ध गरेको अनुशन्धानकर्मीको ठहर छ ।

सन् १९७६ देखि १९९७ सम्म चार्ल्स शोभराजले भारतीय जेलमा स’जा’य का’टे’का छन् । त्यसपछि उनी पेरिस गए, पछि नेपाल आएपछि उनलाई पक्राउ गरी कैयौं अभियोगमा मुद्दा चलाइयो र अगस्ट २००४ देखि चार्ल्स शोभराजलाई नेपालमा जन्मकैदको सजाय सुनाइयो । सर्वोच्च अदालतले पनि जुलाई ३०, २०१० मा उनको सजायलाई कायम राखेको थियो। उनी नेपालको केन्द्रीय जेलमा जेल जीवन भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस