अचम्मकाे रातो केरा, के तपाईले खानु भएको छ ? कहाँ पाइन्छ के-के छन् विशेषता

रातो केराको बारेमा सुन्नुभएको छ?हरियो, पहेँलो केरा त देखिएकै हो । के तपाइँले रातो रंगको केरा देख्नुभएको छ ? के रातो रंगको केरा पनि हुन्छ र ? भन्नुहोला । हाम्रो देशमा नभएपनि दुनियाका केही देशमा भने रातो केरा पाइन्छ ।

आउनुहोस एस्का फाइदा बुझौँ, जानौँ, र एस्को खेती गरौँ!!रातो केरा पाक्दा गहिरो रातो हुनुपर्दछ, र हल्का नरम भएको बेला खान सकिन्छ। यस प्रजातिमा पहेंलो केरा भन्दा धेरै मात्रामा बिटा क्यारोटीन र भिटामिन सी हुन्छ। यसले पोटासियम र फलाम पनि समावेश गर्दछ।

रातो रंगको केरा विशेषगरी अस्ट्रेलियामा पाइन्छ । अस्ट्रेलियाका साथै वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका देशमा पनि पाइन्छ ।रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए । अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ ।

यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ । यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रसस्त पाइन्छ ।यसमा सोडियम तथा कोलेस्ट्रेाल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो कुरा निकै लाभदायी हुने बताइन्छ ।

तिनीहरू एन्टिआक्सीडन्ट, भिटामिन सी, र भिटामिन बी मा धनी छन्। तिनीहरूले खाना, खाजा, र पौष्टिक मिठाससङै कम क्यालोरी तर उच्च फाइबर प्रदान गर्दछ। अन्य चीजहरू मध्ये, रातो केरामा रहेको पौष्टिक तत्त्वहरूले समग्र स्वस्थ आहारको एक भागको रूपमा खाएमा मुटु र पाचन स्वास्थ्यमा सुधार गर्न सक्दछ।

एत्तिका फाइदा भएको रातो केरा खेती गरौँ, गुणस्तरीय बिरुवा सङै परामर्श चाहिएमा हामिलाइ सम्झनुहोस।हिजोआज एसको खेति नेपाल मै गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस