पाकिस्तान पुगेका खेलाडीलाई झटका

पाकिस्तान टूरमा पुगेको वेस्टइण्डिज क्रिकेट टीमलाई टी-20 श्रृंखला शुरू हुनअगावै ठूलो झटका लागेको छ। टीमका तीन खेलाड़ी समेत 4 सदस्य कोरोना संक्रमित पाइएका छन्।

क्रिकेट वेस्टइण्डिज अनुसार, शेल्डन कटरेल, अलराउण्डर रोस्टन चेज र काइल मेयर्सका साथै गैर-कोचिङ स्टाफका एक सदस्य कोविड-19 को जाँचमा पोजिटिभ पाइएका छन्। यी सबै पाकिस्तान विरूद्ध आगामी श्रृंखलामा हिस्सा लिनेछैनन्।

चारै जनालाई भ्याक्सिन लगाइएको छ र उनीहरूमा कुनै प्रमुख लक्षण छैन।क्रिकेट वेस्टइण्डिजका मुख्य कार्यकारी अधिकारी जोनी ग्रेव भने, ‘टेस्टिङ प्रोटोकलपछि कोरोना संक्रमणको 4 मामिला पाइएको छ। जब यसको जानकारी पाइयो त्यस समय खेलाड़ी र स्टाफ होटलमा आइसोलेशनमा थिए। यो हाम्रो निम्ति झटका हो किनभने पाकिस्तान पुग्नअघि सबै खेलाड़ीहरू नेगेटिभ पाइएका थिए।

कराची पुगेपछि गरिएको दुई टेस्टमा पनि अन्य सबै नेगेटिभ पाइए। एक क्रिकेट टूरबाट कोविड-19 सक्रमणको जोखिमलाई पूर्ण रूपमा हटाउनु असम्भव छ’। उल्लेख्य छ कि वेस्टइण्डिज र पाकिस्तानबीच तीन म्याचको टी-20 श्रृंखलाको पहिलो म्याच सोमबार कराचीमा खेलिनेछ।

प्रतिक्रिया दिनुहोस