आज बिहान गाडीको ठ’क्क’रबाट मर्निङ वाक हिँडेकी कमलाको मृ’त्यु, एकैचोटी दिएको थियो चार जनालाई ठ’क्क’र

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका –१ निलागेटमा आज बिहानै बसको ठ’क्क’रबाट एक महिलाको मृ’त्यु भएको छ । तीन जना घा’इते भएका छन् । मृ’त्यु हुनेमा पैदलयात्री रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेग्मी रहेकी छिन् । परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा रेग्मीको मृ’त्यु भएको हो ।

उनलाई मर्निङ वाक हिँड्ने क्रममा गाडिले ठ’क्क’र दि’ए’को थियो । दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । घा’इते मध्ये एक जनाको अवस्था ग’म्भीर रहेको छ । मृ’तक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठ’क्क’र दि’ए’को थियो । दु’र्घटना पश्चात फ’रार रहेका बसका चालकको र गाडीलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस