ब्यापारीको घरबाट १५० करोड नगद ब’रामद, पैसा गन्नका लागि ६ वटा मेसिन मगाइयो

एजेन्सी । छिमेकी राष्ट्र भारतको कानपुरस्थित आनन्दपुरीमा एक ब्यापारीको घरबाट १ सय ५० करोड नगद ब’रामद गरिएको छ । आयकर र जीएसटीका अधिकारीहरुले कानपुरको जुही थाना क्षेत्रको

आनन्दपुरीमा बस्ने कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरबाट ३६ घण्टा लगाएर १ सय ५० करोड नगद ब’रामद गरेको हो ।आईटी विभागले व्यापारी जैनको घरबाट ब’रामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो ।

ब’रामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।सुरुमा डीजीजीआईका अधिकारीहरुले कर छ’ली गरेको आरोपमा ब्यापारी पियुष जै’नको घर, कोल्ड स्टोर र पेट्रोल पम्पहरुमा छा’पा मा’रेको थियो । सोही क्रममा सय करोडौं रुपैयाँ ब’रामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो ।

त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छा’पा मा’रेको थियो । सोही क्रममा अधिकारीहरुले पैसाको २१ वटा बाकस फेला पारेको हो । यस विषयमा आयकर विभागको टोली हिजैदेखि अनुसन्धानमा जु’टेको बताइएको छ ।जीएसटी खु’फिया महानिर्देशन (डीजीजीआई)ले व्यापारी पियुष जै’नका छोरा प्रत्युष जैनलाई पनि हि’रासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)का अध्यक्ष विवेक जोहरीले पनि छा’पा मा’रेर करिब १५० करोड रुपैयाँ नगद ब’रामद गरिएको बताए ।टोलीले कानपुर, कन्नौज, गुजरात, मुम्बईमा रहेको जैनको फ्याक्ट्री भएको सबै स्थानमा एकैसाथ छा’पा मा’रेको बताइएको छ ।

पि’यूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको नि’कट मानिन्छन् । उनले एक महिनाअघि मात्रै अखिलेश यादवको उपस्थितिमा ल’खनऊमा समाजवादी नामको प’फ्र्यूम लन्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस