यि ६ वर्षकी बालिकाले किनिन् ८ करोडको घर, कसरी कमाइन् त्यती धेरै पैसा ?

एजेन्सी । ६ वर्षको बालिकालाई आमाबुवाले खेल्न प्रोत्साहन गर्छन । विद्यालय जान सिक्ने र प्रारम्भिक शिक्षाको चरण हो ६ कक्षाका उमेरका बालबालिकाले गर्ने कार्य । तर एक ६ वर्षको बालिकाले ८ करोडको घर किनिन् भन्ने कुरा सुन्दा तपाईलाई पक्कै विश्वास लाग्दैन होला । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर कसरी ६ वर्षकी बालिकाले यस्तो कुरालाई सम्भब बनाइन् त ? जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।

एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ८ करोड नेपाली रुपैयाँ पर्ने घर किन किनिन् भन्नेबारे जानकारी लिऔं ।

रुबी, गस र लुसी म्याकलेनन भर्खरै एक घरका मालिक बनेका छन् । मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले सेभेनन्यूजलाई भनिन् । यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।

‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।

‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे । यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।

उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए । ‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।

प्रतिक्रिया दिनुहोस