एसएसपी यादवको पोस्टमार्टम रिपोर्ट आयो, श्रीमतीले मृत्यु अघि लेखेकी रहेछन् यस्तो स्टाटस

संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’(झु न्डी देहत्याग) ले भएको छ। शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा. आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन् । पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।

शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झु न्डि’एको अवस्थामा फेला परेको थियो। श्रीमती नआएसम्म शव फेला परेको क्वाटरलाई सि’ल गरिएको थियो। श्रीमती पुगेपछि झु ‘न्डि’एको अवस्थामा रहेको शवलाई झा’रेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो।

यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्रतिष्पर्धामा नाम निकालेका थिए । क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नियुक्ति पाए ।

एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन् ।

डीआईजीमा बढुवा हुन नसकेपछि अर्को एसएसपीबाटै अर्को महिना घर जाँदै थिए । नेपाल प्रहरीमा एसएसपीका लागि ५५ वर्षे उमेरहदको व्यवस्था छ, जसका कारण उनले आगामी माघ १५ गते अवकाश पाउँदै थिए । यदि उनको डीआईजीमा बढुवा भएको भए विश्वराज पोखरेल र सहकुलबहादुर थापाहरुसँगै थप एक वर्ष प्रहरी संगठनमा काम गर्न पाउने थिए । प्रहरी प्रधान कार्यालय, नक्सालका एक अधिकृत भन्छन्, ‘साथीहरु आईजीपी हुन लाग्दा आफू एसएसपीमै रहेकामा निराश देखिन्थे ।’

संगठनभित्र उनी हेपिएका जस्ता लाग्थे । ‘ब्याचमेटहरुले सधैं बढुवा हुने वेलामा उनको अगाडि नम्बरमा बढुवा हुन्छ भनिरहे, तर उनी चाहिँ कहिल्यै बढुवामा अटाएनन्’ उनी भन्छन्, ‘त्यसले पनि उनलाई जागिर असहज बनिरहेको थियो ।’

शुक्रबार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्याटस लेखेकी थिइन्, ‘यो कलियुग भएपनि अझै जीत सत्यकै हुन्छ ।’ यादव पारिवारिक झमेलामा पनि फसेको र उनलाई नै साथ पुग्ने गरी श्रीमतीले स्ट्याटस लेखेको हुनसक्ने प्रहरी अधिकृतहरको अनुमान छ । ‘यो विस्तारै अनुसन्धानबाट खुल्दै जाने विषय हो’ एक अभिधकृत भन्छन् ।

यादवको व्यवहार केही अघिबाटै फेरिँदै गएको उनीसँगै कार्यरत अधिकृतहरु बताउँछन् । एक अधिकृतको भनाइमा एसएसपी यादव केही दिनअघि बे’होस भएका थिए । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले डि’प्रेस’नको औ’ष’धि दिएका थिए ।

यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे ।

जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झु ‘ण्डि’एको अवस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

‘अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पी’डा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने ।आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो ।

उनको मृत्यु पछि एउटा अर्को खबर पनि बाहिरिएको छ । श्रोतका अनुसार एसएसपी सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो।अ ‘पह’र’ण तथा श’री’र ब’न्ध’क घटनामा सं’लग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अ’प’ह’र’णका’रीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको सं’ल’ग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो।

२०६४ माघ २९ गते टण्डनको स’मू’हले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अ’प’ह’र’ण गरेको थियो। तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ।

स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो। छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको सं’ल’ग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्। छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत सं’लग्न’ता देखाएको छ।

यो पनि : बर्दिबास सरसफाई महाअभियान : कुचो बोकेर सबेरै बजार पुग्छन् प्रहरी र युवायुवती

प्रहरी र नगर प्रहरीहरूको हात–हातमा कुचो छ । सडकको छेउछाउमा भएका कागज टिप्नेदेखि धुँलो बढार्दा व्यापारीहरू भने दर्शक बनिरहेका छन् । पछिपछि एक हुल युवायुवतीसँगै छन् । उनीहरू पनि प्रहरी र नगर प्रहरीको साथमा कुचो लगाउँदै र फोहोर टिपेर डस्टविनमा हालिरहेका छन् ।

यतिबेलासम्म बिहानको ६ बजिसकेको छ । कठ्याङग्रीदो जाडोमा एकाबिहानै फोहोर उठाउँदै प्रहरी, नगरप्रहरी र युवायुवती के गर्दै छन् ? यो दृश्य देखेपछि जो कोहीमा यस्तै प्रश्न उठ्नु स्वभाविकै हो । कतै सिनेमाको सुटिङ त भइरहेको छैन, कि कुनै पार्टीले आफ्नो प्रचारप्रसार गरीररहेको छ ? तर, यो न त सुटिङ हो न कुनै प्रचारप्रसार नै ।

बर्दिबास नगरपालिकामा पछिल्लो दुई सातादेखि सरसफाई अभियानमा प्रहरी, नगर प्रहरी र स्थानीय युवायुवती यसरी नै लागि रहेका छन् । “हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारीअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले स्थानीय युवा तथा रोट्र्याक युवा क्लबसँग साझेदारी गरी सरसफाई अभियान चलाइरहेको छ ।

रोट्र्याक अफ बर्दिबास र रोटरी क्लबको संयुक्त आयोजनामा संचालित सरसफाई महाअभियानमा स्थानीय संघ, संस्थाले समेत ऐक्यबद्धता जनाएका छन् । सफा र स्वच्छ वातावरण निर्माणका लागि बर्दिबास नगरभित्रका बासिन्दालाई महाअभियानमा सहभागी गराउने उदेश्यले अभियान चलाएको आयोजकको भनाइ छ । ‘व्यक्ति तथा सम्बन्धित निकायको वेवास्ताले सहर कुरुप बन्दै गएपछि सरसफाई अभियानमा युवाहरू परिचालन गरेका छौँ ।’ रोटरी क्लब अफ बर्दिबासका सभापति बिष्णु खड्काले भने ।

पसलको अगाडि फोहोर फ्याँक्ने र दोष भने अरुलाई देखाउँने परिपाटीले बर्दिबासमा पछिल्लो समय फोहोर देखिन थालेको छ । सरसफाई सबैले गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउन क्लब र रोट्र्याकले संचालन गरेको अभियानमा संघ, संस्था तथा सम्बन्धित निकायले पनि चासो देखाएका छन् ।

उक्त महाअभियानमा नगर प्रहरी पठाएर नगरपालिका समेत सरसफाइप्रति संवेदनशील छ भन्ने सन्देश प्रवाह भएको छ । प्रारम्भिक अभियानदेखि नै नगरपालिकाले नगर प्रहरी परिचालन गरेर अभियानमा साथ दिएको सरसफाई अभियन्ता बिजय पोखरेलले बताए

प्रतिक्रिया दिनुहोस