भाडामा बस्नेहरुका लागि आयो खुसीको खबर ! घरभेटीले बढी महसुल लिन्छन् ? अब यसो गर्नुस्

काठमाडौ । यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनीले बिलमा आएको भन्दा बढी विद्युत महशुल उठाउने गरेको छ भने तपाईका लागि खुसीको खबर छ । अब नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्नेसंग बढी विद्युत महशुल उठाउने घर धनीको विजुली काटिदिने भएको छ । त्यसका लागि तपाईले विद्युत कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा भाडामा बस्नेहरुका लागि यस्तो सुविधा ल्याएको छ । काठमाडौमा डेरामा बस्नेहरुले विद्युत महशुल विलमा आएको रकम भन्दा बढी तिर्नुपर्ने वाध्यात्मक अवस्था छ । घरधनीले अनेक वहानामा विद्युत महशुल विलमा उठेको रकम भन्दा धेरै पैसा भाडामा बस्नेहरुसंग उठाउने गरेको देखिन्छ । नयाँ नियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।

घर वहालमा बस्नेले प्रमाण सहित आएर निवेदन दिए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेका कारण नियमावलीमा यस्तो ब्यवस्था गरिएको पनि उनले बताए । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् । जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र उठ्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस