यी ४ नायिकाः जो मृत्युपश्चात करोडौं छोडेर अस्ताए, कसले कति छाडे ?

बलिउडमा कयौँ नायिकाहरूको मृत्यु अचानक भएको छ । यी नायिकाहरूले छोटो समयमै निकै नाम कमाए।जो फिल्म इन्डस्ट्रीको सबैभन्दा बढी पारिश्रमिक लिने नायिका हुने गर्थे। उनीहरूको वाहीवाही थियो तर उक्त समयमा नै उनीहरूको अचानाक मृत्यु हुनपुग्यो ।

कम समयमै मृत्युवरण गरे पनि आफ्नो सफल अभिनय करिअरको क्रममा करोडौँको सम्पत्ति कमाए र आफ्नो परिवारलाई छोडेर गए। उनीहरूको अभिनय, सुन्दरताका साथसाथै सम्पतीको पनि चर्चा हुनेगर्छ ।यहाँ यस्तै ४ नायिकाको बारेमा उल्लेख गरिएको छ।

सौंदर्या
तमिल फिल्मकी चर्चित नायिका सौंदर्याको निधन ३२ वर्षको उमेरमा भएको थियो। उनले १४० भन्दा बढी फिल्ममा काम गरेकी थिइन। चर्चित फिल्म ‘सूर्यवंशम’मा अमिताभ बच्चनको हिरोइन भएर फिल्म खेलिन। सन् २००४ मा भएको विमान दुर्घटनामा उनको मृत्यु भएको थियो। भनिन्छ कि उनले ५० करोड भारु भन्दा बढी सम्पत्ति छोडेर गइन।

श्रीदेवी
बलिउडकी नायिका श्रीदेवीको निधन निकै रहस्यमय ढङ्गले भएको थियो। सन् २०१८ मा दुबईमा बाथटबमा चिप्लिएर उनको मृत्यु भएको बताइन्छ। तरपनि उनको मृत्यु रहस्यमय नै मानिन्छ । श्रीदेवी ती नायिकाहरूमा पर्छिन् जसले इज्जत सँगै धन पनि उस्तै कमाइन। मिडिया रिपोर्ट अनुसार उनले २४७ करोड भारु सम्पत्ति छोडेर गइन।

जिया खान
नायिका जिया खानले कम उमेरमै बलिउडमा सफलता हासिल गरेकी थिइन। सन् २०१३ मा २५ वर्षको उमेरमा उनले आत्म ह त्या गरेकी थिइन। उनको मृत्युले अझैपनि चर्चा पाउछ । उनले आफ्नो करिअरमा अमिताभ बच्चन, आमिर खान जस्ता दिग्गज अभिनेतासँग काम गरेकी थिइन। उनले १०-१५ करोड भारु सम्पत्ति छोडेर गइन।

दिव्या भारती
बलिउडकी सबैभन्दा राम्री नायिका मानिने दिव्या भारतीको मृत्यु केवल १९ वर्षको उमेरमा भएको थियो। त्यो समयमा उनी सबैभन्दा बढी पारिश्रमिक लिने नायिका थिइन। १४ वर्ष उमेर देखि नै उनलाई फिल्महरूको अफर आउन थालेको थियो। १ वर्ष भन्दा कम समयमा उनले १४ फिल्ममा काम गरेकी थिइन्।

सन् १९९३ मा मुम्बई स्थित अपार्टमेन्टको बल्कोनीबाट खसेर उनको मृत्यु भएको थियो। तर उनको मृत्यु निकै रहस्यमय मानिन्छ ।सो समय उनले एउटा फिल्मको २५ लाख भारु सम्म लिने गर्थिन। उनको सम्पत्ति बारे भने कुनै जानकारी भेटिएको छैन।

प्रतिक्रिया दिनुहोस