‘मलाई खोजेर कहिल्यै नरुनु’ भन्दै नुवाकोट कपिलेश्वरका नारायण भण्डारी बेपत्ता

वाकोटको कपिलेश्वर-पञ्चकन्या गाउँपालिका वडा नंवर २ कविलासका ४६ वर्षीय नारायण भण्डारी तीन दिनदेखि बेपत्ता भएका छन् । शनिबार (पुस १०) गते राति १० बजेपछि घरबाट सम्पर्कविहीन भएको उनकी छोरी शर्मिला भण्डारीले जानकारी दिएकी छन । खोजीका लागि इलाका प्रहरी कार्यालय लाकुरीभन्ज्याङ र स्थानीयहरु लागेका छन् ।

शर्मिलाले भनिन्, ‘घरमा कुनै झगडा पनि भएको थिएन । बुबा मानसिक रोगी हुनुहुन्न । तर एक्कासी अस्ती राति घरबाट निस्कनु भएछ । आफन्तहरु सबैतिर सोधखोज गरिसक्यौं । भेट्टाउन सकेका छैनौं ।’ शर्मिलाका अनुसार आमा (श्रीमती)लाई सम्बोधन गर्दै ‘मलाई खोज्नु पर्दैन । नरुनु । छोराछोरी बोलाएर बस्नु भनेर’ लेखिएको चिट नारायणको सिरानी मुनी फेला परेको छ ।

सम्पर्कविहीन भएका भण्डारी किसानी काम र किराना पसल सञ्चालन गर्दै आईरहेका थिए । युरिक एसिडका बिरामी नारायणको हालसालै दायाँ हात र खुट्टा सुनिएको थियो । त्यसैले बुबा लामो बाटो हिँड्ने सक्ने अवस्था नरहेको पनि छोरी शर्मिलाको आँकलन छ । नारायणका परिवारमा एक छोरा, एक छोरी, श्रीमती र बुबा छन ।

नारायणका छोरी र परिवारले खोजी गरिदिन अनुरोध गरेका छन । गोरो, खुट्टा हल्का बाङ्गो टेक्ने हुलिया भएका उनलाई कुनै महानुभावले देखे भेटेको खण्डमा नजिकैको प्रहरी कार्यलय अथवा प्रहरीको हटलाइन नं, १०० वा ९८२३७७२१८४ मा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस