आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह

काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातसमेत भइरहेको छ ।

बुधबार आज धेरैजसो स्थानमा पूर्वतय बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण, हवाईरयातायात लगायत नगर्न सुचनासमेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम अनुकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविदहरुले जानकारी गराएका छन् ।

चिसोबाट बच्न आग्रहसमेत गरिएको छ । वर्षा हुनेक्रम बिहीबार र शुक्रबार पनि जारी रहनेछ । बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस