उदयपुरको गाईघाट नजिक ट्याक्टर र जिप दुर्घटना, घाइतेको धरानमा उपचार हुँदै

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट नजिकै सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट-चुहाडे सडक खण्डअन्तर्गत आँखा अस्पताल नजिकैको घुम्तीमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लीलाबहादुर श्रेष्ठका अनुसार उदयपुरका त्रियुगा नगरपालिकास्थित चुहाडेबाट गाईघाट आउदै गरेको प्रदेश १- ०१- ००१ त ०५९४ नम्बरको ट्याक्टर र गाईघाटबाट चुहाडे जाँदै गरेको बा २ च १८७१ नम्बरको जीप आ पसमा ठो कि  ए को थियो ।

 सो क्रममा दुवै सवारीसाधन अनि यन्त्रीत भई सडकबाट उ छि ट्टी एर तल ख सेको थियो । घटनामा परी जीपमा सवार तीन जना घाइते भएका छन् ।

तीमध्ये १ जनाको अवस्था गम्भी र रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार घाइतेको अहिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।

ट्याक्टर चालक सिराहको गोलबजार नगरपालिका वडा नम्बर ७ का स्थानीय २३ वर्षीय दीपेन्द्र चौधरी र जीप चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १३ का २३ वर्षीय सागर योगी दुवैलाई प्रहरीले घटनास्थलबाटै निय न्त्रणमा लिएको छ ।

जीपमा सवार घाइते सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १५ का २८ वर्षीय डेबिट लिम्बू, धनकुटा चौविसे गाउँपालिका वडा नम्बर ७ राजारानीका स्थानीय डिल्लीराम कोइराला र सोही ठाउँका २६ वर्षीय राजन सुब्बा रहेका छन् ।

जीपमा सवार तीनै जना जीप रिजर्व गरी आन्तरिक भ्रमणका लागि मुस्ताङतर्फ हिडेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस