यो हो कुनै पीडाबिना १ मिनेटमै मान्छे मारिदिने ‘मृत्युको मेसिन, यसरी गर्छ काम !

स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ ।

यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।

उनलाई डा. डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा. डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आ त्मह त्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट

यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा. निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आलोचना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई खतरनाक ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आ त्मह त्याको लागि उक्साउने दावी पनि गरेका छन् ।

अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस