अटोमा छुटेको ७ लाख रुपैयाँ चालकले फिर्ता गरे, जिल्ला प्रहरी कार्यालयको मतहतमा सम्बन्धित धनीलाई बुझाईएको छ ।

दाङ । आजको यो समयमा पनि मानिसमा ईमान, जमान र मानवता बाँचेको छ भन्ने कुराको प्रमाण दाङका एक अटो चालकले दिएका छन् । दाङमा एक अटो चालकले आफ्नो अटोमा बसेको यात्रुले अटोमा भुलबस् छाडेर गएको ७ लाख रुपैंया उनै पैसा मालिकलाई बुझाएर आजको यो समयमा पनि मानिसमा ईमान, जमान र मानवता बाँचेको छ भन्ने कुराको प्रमाण दिएका हुन् ।

 उनले आफ्नो अटोमा यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद जस्तो तस्तै पैसा धनीलाई फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज सोमबार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छोडेका थिए ।

 छुटेको रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले जस्ताको त्यस्तै नै फिर्ता गरेका छन् । छुटेको रकम जिल्ला प्रहरी कार्यालयको मतहतमा सम्बन्धित धनीलाई बुझाईएको छ । हराएको पैसा अब कहिल्यैपनि फिर्ता पाउँदिन होला भनेर चिन्तामा बसेको राजकुमारले जब आफ्नै त्यति धेरै पैसा त्योपनि जस्ताको त्यस्तै पाए त्यो समयमा उनी निकै नै खुशी भए । र बदलामा अटो चलकलाई हात मिलाउँदै धन्यबाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस