यी हुन् ब’सपार्कमा दुई ब’च्चाकी आ’मा ब’लात्कार ग’र्ने ९ ज’ना, त्य’स रा’त के भ’एको थियो ?

नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा संलग्न सबै अभियुक्तहरु पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।गोंगबु बसपार्कमा एक ३४ वर्षीया महिलालाई विभिन्न गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गर्ने ९ जना सबै पक्राउ परेका हुन् ।

सुर्खेतबाट आएकी ति महिलाका लागि काठमाडौं शहर नौलो थियो । यही शहरमा उनको पुस १२ गते राति अस्मिता लुटिएको हो ।पुस १२ गते बिहान काठमाडौं पुगेकी उनी नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा बसिन् । सोही दिन साँझदेखि पुस १३ गते बिहानसम्म उनलाई नौ जना पुरूषले सामूहिक बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले यसबारे थप नयाँ खुलासा गर्नुभयो । प्रहरीलाई हिजो ३ बजेतिर उक्त घटनाबारे जानकारी आएको थियो पीडित महिला नयाँ बसपार्कमा रहेको प्रहरी वित्तमा सम्पर्कमा गइन् ।

त्यसपछि उनको मानसिक र शारीरिक अवस्थालाई ख्याल राख्दै अस्पताल पुर्याएको उहाँले जानकारी गराउनुभयो । प्रसूतिगृहमा ति महिलाको उपचार गरिएको हो ।त्यसपछि डाक्टरको अनुमति सोधपुछ गरिएको गिरीले उल्लेख गर्नुभयो ।

काठमाडौंमा पहिलो पटक आएकी उनले खालि बसपार्क–बसपार्क मात्र भन्ने गरेकी थिइन् । उनले बसपार्क भनेपछि प्रहरीले सोही अनुसारमा अनुसन्धान थाल्यो । प्रहरीले नयाँ बसपार्कको १२–१५ वटा होटल र लजलाई ‘टारगेट’ ग¥यो ।

टारगेट गरेको होटलमध्ये एउटा होटलमा घटना भएको पत्ता लाग्यो । अनुसन्धानका लागि सिसिटिभी फुटेज परीक्षण गरियो । राति अबेरसम्म अनुसन्धान गरी केही व्यक्ति पक्राउ परे र आरोपित पहिचान गर्न पीडित महिलाले पनि सहयोग गरिन् ।

पक्राउ परेका व्यक्तिहरुले आफ्नो आरोप स्वीकार गरिसकेका छन् । मङ्गलबार रातिसम्म सामूहिक बलात्कारमा नौ जनाको संलग्नता देखिएको छ ।

नौ जनामध्ये सात जना हिजो साँझै पक्राउ परेका थिए । पीडितको अवस्था हिजोको भन्दा सामान्य छ ।

प्रहरीसँगको बयानमा आरोपित सबैले वैदेशिक रोजगारमा जाने तयारी गरिरहेको बताएका छन् । पक्राउ पर्नेमा कोही पासपोर्ट बनाउन आएका, कोहीले पासपोर्ट मेनपावरमा बुझाएका, कोहीको भिसा लागिसकेको र कोही भिसा लागेर उड्न लागेका व्यक्ति छन् ।

नियन्त्रणमा लिएका व्यक्तिहरु

१) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३को हिक्मत नेपाली,

२) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २२ को रतन नेपाली,

३) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ लिउडी घर भई वर्ष २१ सुरेश सेज्वाल,

४) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० रोभा वर्ष १९को दिपक नेपाली

५) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३ को शिवहरि वुढा,

६) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २४ को युवराज वढुवाल

७) अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने ४३ को गोपाल कुमार शिरिष ।

८) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० वस्ने वर्ष २५/२६ को हस्त नेपाली (१४ गते विहान पक्राउ गरेको)

९) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद (१४ गते दिउसो पक्राउ गरेको)

प्रतिक्रिया दिनुहोस