काठमाडौं आउदै गरेको ट्याङ्कर त्रिशूलीमा ख’स्यो, चालक र सहचालक सम्पर्कविहीन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा ख’सेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा ख’सेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा ख’सेको हो ।ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए । अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले घटना स्थलमा पुगी वे’पत्ताको खोजी कार्य जारी राखेको छ ।

प्रहरीका अनुसार ट्रक नम्बर र ट्रकमा कती जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।ट्रक सिमराबाट गणपति ब्रान्डको खाने तेल बोकेर काठमाडौं हिडेको बु’झिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनि -चितवनको इच्छाकामना गाउँपालिका ले भोलि (पुस १५) गते सार्वजनिक बिदा दिएको छ ।तमु ल्होसार पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । निमित्त प्रमुख प्रशासकिय अधिकृत बासु पण्डितद्धारा जारी

सूचनामा गाउँपालिका कार्यालय र यस मातहतका सम्पूर्ण कार्यालय तथा निकायहरुमा दिईएको उल्लेख छ ।यस्तै गाउँपालिकाले तमु ल्होसारको अवसरमा सबै गाउँपालिकाबासीमा शुभकामना समेत व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस