म्यानमारमा संरचनागत रूपमा आम नागरीकहरुमाथि आक्रमण, राष्ट्र सङ्घको रिपोर्ट 

राष्ट्र सङ्घको तथ्य खोज्ने निकायले म्यानमारमा संरचनागत रूपमा नै आम नागरिकहरू माथि आक्रमण हुने गरेको तथ्य पुष्टि गरेको हो । गत फेब्रुअरीमा सेनाको कु भएपछि त्यहाँ आम नागरीक दमनका श्रृखला हरु असाध्यै बढ्दै गएको पाइएको छ ।

निकोलस कुजीम्यान राष्ट्र सङ्घको मानव अधिकार काउन्सिलको अन्तर्गत रहेको तथ्य खोजी गर्ने निकायका मुख्य हुन् । गत शुक्रवार म्यानमारमा भएका मानव अधिकार उल्लघंनका घटनाहरूका प्रमाण सहितको एक प्रस्तुतीकरणमा म्यानमारमा भएका अन्तर्राष्ट्रिय मानव अधिकार उल्लघंनका घटनाहरू सार्वजनिक गरिएको थियो ।

निकोलस कुजीम्यानले म्यानमारमा सैनिक कु पछि नै राजनैतिक हिंसाको सम्भावना भएको र त्यसपछि लगातार त्यहाँ आम नागरिकहरू माथि भएका हिंसा पनि बढेको बताए ।
युएन न्युजका अनुसार उक्त तथ्य खोजी निकायले म्यानमारका कु पछिका २ लाख फोन रेकर्डहरू, १५ लाख बढी प्रमाणहरू, फोटोहरू सहित सप्रमाण उक्त प्रस्तुतीकरण राखेको थियो ।

प्रतिक्रिया दिनुहोस