भारत, इन्डोनेसिया र फिलिपिन्सले कोयल ट्रान्जीशन कार्यक्रम लागु गर्ने

विश्वभरिमा क्लीन इनर्जिको पैरवी भइरहेका समयमा विकासोन्मुख देशहरूले एकाएक कोयला ऊर्जालाई त्यागेर क्लीन इनर्जिमा आइहाल्ने सम्भव नहुन सक्छ । यस अर्थमा कोयल ट्रान्जीशन कार्यक्रम लागु गरिने भएको हो । यस कार्यक्रमलाई मल्टिविलियन डलर पाइलट कार्यक्रमका रूपमा लागु गरिने भएको हो, पहिलो चरणमा भारत, इन्डोनेसिया र फिलिपिन्सले साउथ अफ्रिकालाई कोयल टा्रन्जीशन कार्यक्रममा साथ दिने भएका हुन् । क्लाइम्ेट इन्भेस्टमेन्ट फन्डले गत मङ्गलवार जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख गरिएको छ ।

यी ४ देशहरूले कोयल मार्फत हुने कार्बन इमिशनको विश्व दरमा १५ प्रतिशत इमिशन गर्दछन् । ग्सालोको कोप २६ राष्ट्रहरूको समिटको मुख्य उद्देश्य मध्य सन् २०५० सम्ममा विश्वलाई शून्य कार्बन इमिशनमा लैजाने पनि उल्लेख छ ।

इन्डोनेसिया ऊर्जा मन्त्री आरिफीन तासरिनका अनुसार इन्डोनेसिया अब क्रमशः क्लीन ऊर्जातर्फ जान तयार हुदैछ र ऊर्जाको नयाँ स्वरूप अवलम्बन गर्न देश तत्पर छ । सन् २०३० वाट हरेक वर्ष १ दशमलव ५ डिग्री वाट तापक्रम बढ्ने तथ्याकं छ, यसका लागि कार्बन इमिशन मुख्यतया कोयला ऊर्जालाई कम गर्न जरुरी रहन्छ । यसै पृष्ठभूमिमा क्लाइम्ेट इन्भेस्टमेन्ट फन्डले कोयल ट्रान्जीशन कार्यक्रम लागु गर्ने भएको हो । यस फन्डमा डेनमार्ककको सरकारले १०० मिलियन डानीश क्राउन अनुदान गर्ने भएको हो भनें अन्य बिकसित ७ देशहरू अमेरिका, बेलायत, क्यानडा र जर्मनले पनि सहयोग गरेका छन् ।

यस परियोजना मार्फत ६ वटा मल्टिल्याटरल बैङ्कहरूलाई कोयला ऊर्जा बाट क्लीन ऊर्जामा जान चाहने देशहरुलाई आर्थिक सुविधा दिन पैरवी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस