पक्राउ परेका ‘लाउरे’ले दिए यस्तो बयान- ड्र,’ग नखाई स्टेज चढ्न सक्दिनँ

याप गीत गाएर चर्चित बनेका आशीष रानामगर ऊर्फ लाहुरेलाई कास्की प्रहरीले ला’गुऔ’षधसहित पक्राउ गरेको छ । ला’गुऔ’षध ब्रा’उनसु’गरसहित उनी बुधबार राति पोखरा जाल्पारोडबाट पक्राउ परेका हुन् ।

उनी ला’गुऔ’षध प्रयोगकर्ता भएको कास्की प्रहरीले जनाएको छ ।गायक लाहुरे, एकजना युवती र अरु २ पुरुष गरी ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । उनीहरुको साथमा १३.१ ग्राम ला’गुऔ’षध खै’रो हि’रोइन प्रहरीले फेला परेको छ ।

स्रोतका अनुसार लाहुरेले आफूले ब्रा’उन सु’गर प्रयोग गरेको स्वीकारिसकेका छन् । ‘म ड्र’ग नखाई कार्यक्रममा जानै सक्दिनँ,’ लाहुरेले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन् । लाहुरे प्रयोगकर्ता र अरु ३ जना भने ब्रा’उन सु’गर ओसारपोसार र त्यसको व्यापार गर्ने कारोबारी भएको कास्की प्रहरीको भनाइ छ ।

प्रहरी सोत भन्छ, ‘लाहुरेले बिहीबार इन्डियाबाट ओ’सारपोसार गर्ने सेकेन्ड ले’यरमार्फत ब्रा’उन सु’गर अर्डर गरिरहेका थिए । बाटोमा ब्रा’उन सु’गर मगाएर कुरिरहेका थिए । सोधपुछ गर्दा स्वीकारे ।’प्रारम्भिक अनुसन्धानमा उनी दो’षी देखिएको डिएपी तिवारीले बताए ।

कास्की प्रहरीले लाहुरे वि’रुद्ध ला’गुऔ’षध सम्बन्धी मु’द्दामा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिइसकेको छ । अरु मु’द्दामा बढीमा २५ दिन हि’रासतमा थु’नेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई हुन्छ । तर ला’गुऔ’षध मु’द्दामा भने ९० दिन अर्थात ३ महिनासम्म थु’नेर अनुसन्धान गर्न मि’ल्ने का’नुनी व्यवस्था छ ।

तसर्थ लाहुरे बढीमा ३ महिनामा प्रहरी हि’रासतमै थु’निनसक्छन् । त्यसबीच वा त्यसपछि भने अदालतले प्रमाण हेरी उनलाई थुन्ने वा छोड्ने आ’देश दिन सक्छ ।¥याप गाएर चर्चा कमाएका लाहुरे रियालिटी शो हिमालय रो’डिजको निर्णयकका पनि हुन् ।

फिल्मदेखि ¥याप गाएर चर्चा पाएका उनले के’स नम्बर ४ सय २० नेपहवको बाटो, सोल्टा, हाउडे, तीतो सत्य चुप लाग, सुपर रागा, दुई रुयैयाँमार्फत युवाहरुमा निकै लोकप्रिय छन् । । पोखराको नयाँबजार घर भएका लाहुरे ¥याप गाएरै चर्चामा आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस