नवलपुरमा बाघको आक्रमणबाट पात टिप्न गएकी महिलाको निधन

नवलपुर । पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ ।

 पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको अरुणखोला र दुम्किबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो ।

गाउँलेहरुसँग जंगलमा सालको पात टिप्न जाने क्रममा आज शुक्रबार बाघको आक्रमणबाट मध्यविन्दु १२ सिस्याहानी निवासी ३९ बर्षीय बरिसा सारु मगरको निधन भएको स्थानीयले जनाएका छन् ।

 उनको शब अहिले जंगलमा नै रहेको र इलाका प्रहरी कार्यालय दुम्किबासको टोली घटना स्थलमा खटेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

 पछिल्लो समय दुम्किबास र अरुणखोला जंगलमा एउटा नरभक्षी बाघ डुलिरहेको छ । यस अघि पनि दुम्किबास जंगलमा बाघको आक्रमणबाट एक जना पुरुष वन हेरालुको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस