के तपाईलाई यात्राको क्रममा उल्टी आउँछ ? अपनाउनुहोस् यी ५ घरेलु उपाय

एजेन्सी, १५ पुस । लामो यात्राको क्रममा धेरै मानिसहरुलाई उल्टी आउन सक्छ । उल्टी रोक्ने धेरै विधिहरु छन् । ती मध्ये आज हामी घरेलु विधिको बारेमा चर्चा गर्नेछौ ।

अदुवा र कागतीको रसको मात्रा बराबर मिलाएर तयार गर्नुनै उल्टी रोक्ने घरेलु अचुक उपाय हो । अदुवामा एन्टी–एमिटिक गुण हुन्छ । जसले पाचन तन्त्रलाई स्वस्थ्य बनाउनमा सहयोग गर्छ ।

उल्टी हुने व्यक्तिले तुलसीको पात सधै साथमा राख्नुपर्छ । यसले उल्टी आउँदैन् । यसको साथै एक बोतल कागती र पुदीनाको रसमा नुन मिसाएर राख्ने र अलि–अलि गरेर पिउने गर्नुपर्छ ।

एक बोतलमा राख्ने र जब–जब उल्टी आउन सक्छ तब एक सुर्को लगाइहाल्ने गर्नुपर्छ । यसलाई नुन र चिनीसँग पनि पिउन सकिन्छ ।कतै यात्रामा निस्कदै हुनुहुन्छ भने कागती सँगै राख्नुपर्छ । उल्टी आउन खोजेमा कागतीको गन्ध सुघ्ने गर्नुपर्छ यसले उल्टी रोक्न सक्छ ।

मरिचको चार वटा दाना लिएर पनि यात्रा गर्न सकिन्छ । मरिचको दाना मुखमा राखेर चुस्दा यस्ले उल्टी नभएर आराम दिन्छ ।यात्राको क्रममा ल्वाङ साथमा राख्नुपर्छ । यसले उल्टी रोक्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस