अनुसन्धान विभागको इन्सपेक्टर बताउने यि जोडीको काम देखेर प्रहरी पनि चकित्, पुगे जेल

काठमाडौ । आफुलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर बताउने पुरुष र उनकी श्रीमतीको कामवारे थाहा पाएर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरमा आफुलाई अनुसन्धान विभागको इन्सपेक्टर बताउने एक जोडीलाई प्रहरीले ला गु औषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई केही ड्रग सहित पुनर्वास नगरपालिका(१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत पक्राउ गरेको बताइएको छ । विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट ड्रग खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस