माओवादी महाधिवेशन : संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन समितिले बन्दसत्रको प्रस्तावअनुसार निर्वाचन तालिका परिवर्तन गरेको हो ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा गराउनुभएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

निर्वचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार सर्वसहमती नभएमा संशोधित निर्वाचन कार्यक्रम अनुसार आज २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ ।उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ । निर्वाचन समितिका अनुसार आज साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस