यस्ता पो अभिनेता जसले बनाए अ’नाथ गरिब जेहेन्दार दलित युवतीलाई रियल हिरोइन ।

काठमाडौं : अक्सर दक्षिण भारतीय चलचित्रमा खलनायकको भूमिकामा देखिने अभिनेता प्रकाश राज वास्तविक जीवनमा हिरो भन्दा कम छैनन् ।प्रकाशले अक्सर गरिब र खाँचोमा परेकाहरूलाई सहयोग गरिरहन्छन् ।

अहिले भर्खरै प्रकाशले एक अ’नाथ दलित बालिकालाई सहयोग गरेको खबर सार्वजनिक भएको छ । जसको सबैले प्रशंसा गरिरहेका छन् ।वास्तवमा ति युवतीले पढ्न बेलायत जाने सपना देखेकी थिइन्, जसलाई पूरा गर्न प्रकाश राजले सहयोग गरेका हुन् ।

यसबाहेक प्रकाशले युवतीलाई बेलायतमा जागिर दिलाउन पनि सहयोग गरेका छन् ।चर्चित चलचित्र निर्माता नवीन मोहम्मदलीले पोस्ट सेयर गर्दै प्रकाशको यो महान कार्यको जानकारी दिएका हुन् ।निर्माता नवीन मोहम्मदलीले प्रकाश राज र युवतीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘धन्यवाद र प्रकाश राजलाई सलाम।

उनले एक अ’नाथ गरिब जेहेन्दार द’लित केटी श्रीचन्दनलाई आर्थिक सहयोग गरे ।उनी बेलायतको विश्वविद्यालयमा भर्ना भइन् । उनले स्नातकोत्तरको पढाइ पूरा गरिन्, अब उनलाई त्यहाँ जागिर खोज्न कोष पनि दिइयो । कसैको जीवनमा परिवर्तन ल्याउनु भएकोमा धन्यवाद सर ।’

नवीन मोहम्मदलीको यो पोस्टको जवाफ दिँदै प्रकाश राजले लेखेका छन्, ‘यसतर्फ मेरो ध्यानाकर्षण गर्नुभएकोमा तपाईलाई पनि धन्यवाद । परिवर्तन ल्याउन धेरै हातहरू एकजुट हुनु खुसीको कुरा हो, धन्य होस् ।सशक्तिकरणको आनन्द ।’ यस पोस्टमा फ्यानसहित धेरै सेलिब्रे’टीहरूले कमेन्ट गरेर प्रकाश राजको

यो महान कार्यको प्रशंसा गरिरहेका छन् । श्रीचन्दना बेलायत गएर अध्ययन गर्न चाहन्थिन् ।तर, आर्थिक अभा’वका कारण उनको सपना पूरा गर्न निकै कठिन भयो । श्रीचन्दनाले प्रवेश परीक्षामा राम्रो अंक ल्याए पनि पैसाको अभावमा बेलायत जान सम्भव भएन ।

श्रीचन्दना एक अ’नाथ हुन् । जब तमिल निर्माता एवं निर्देशक नवीन मोहम्मदलाई यो कुरा थाहा भयो, उनले प्रकाश राजलाई केटीको कथा सुनाए । त्यसपछि प्रकाशले किशोरीको समस्या ध्यान दिएर सुने र उनलाई बेलायतमा भर्ना गराउन आर्थिक सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस