श्रीमती म’रेर गएपनि यी व्यक्ति सँधै उनकै साथमा, मैनको आकृतिलाई दिनरात गर्छन् चुम्बन!

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन । प्रेम अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।

भारतका व्यापारी श्रीनिभास गुप्ताकी श्रीमती माधवीको मृत्यु भएको चार वर्ष भयो। तर श्रीमतीको मृत्युले पनि एक्ला छैनन् उनी। ५८ वर्षका उनी र दिवंगत माधवीलाई मृत्युले पनि छुट्याउन सकेको छैन।वास्तवमा श्रीनिभासले श्रीमतीको मैन आकृति बनाएका छन्। त्यसैले माधवीको मृत्यु भएता पनि श्रीनिभास सँधै माधवीको छेउमै हुन्छन्।

उनी बिहान बेलुकी माधवीको आकृतिलाई चुम्बन गर्दछन्। यही कारण हो माधवी र श्रीनिभासले मृत्युलाई पनि जिते अर्थात् अझैपनि श्रीनिभास श्रीमती जिवितै छ भन्ने सोच्छन्। सन् २०१७ मा श्रीनिभास पत्नी माधवीको सडक दुर्घटनामा मृत्यु भएको थियो।

भिडिओ

प्रतिक्रिया दिनुहोस