काठमाडौंमा बसले स्कुटरलाइ ठक्कर दिंदा कृतिकाको मृत्यु

काठमाडौँ- बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कृतिका दुई-तीन वर्षदेखि आइएमई जनरल इन्स्योरेन्स नक्साल शाखामा काम गर्थिन्। अफिसमा ड्युटी सकेर सोमबार साँझ कोठा फर्किँदै गर्दा दुर्घटना भएको हो। करिब साढे ६ बजेको थियो।

उनी बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको डियो स्कुटर चढेर कोठा फर्किँदै थिइन्। काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंगलास्थानमा पुगेपछि पछाडिबाट उनलाई बसले ठक्कर दियो। ठक्कर दिएपछि उनी स्कुटरबाट लडिन्। स्कुटरबाट ल’डेप’छि बसले किचेको गौशाला वृत्तले जानकारी दिएको छ।

बसले कि’चेपछि कृतिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै काठमाडौंको टिचिङ अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले कृतिकालाई मृत घोषणा गरेको हो।

उनको मृत्युपछि उनका बुवा कल्याणलगायत आफन्तहरू दुखी मात्रै छैनन्, आ’क्रोशि’त पनि छन्। दुर्घटनामा परे पनि कृतिकाको स्कुटरमा भने खासै क्षति पुगेको छैन।

मयूर यातायातको बसमा स्थानीयले आ’क्रो’शमा आएर तो’डफो’ड पनि गरेका थिए। नुवाकोट, शिखरबेसी घर भएका चालक श्रीराम तामाङ अहिले फ’रार छन्। उनी घटना भएपछि भागेको प्रहरीले जनाएको छ।

बसले ठ’क्कर मात्रै दिएको भए पनि आफ्नी छोरी जोगिनसक्ने शिक्षकसमेत रहेका बुवा कल्याण बताउँछन्। तर चालकले बस ब्याक नै गरेर घि’सा’रेको हुँदा आफ्नी छोरी नजोगिएको उनको भनाइ छ।

‘छोरी अफिसबाट कोठा फर्किँदै थिइन्। पिंगलास्थान पुगेपछि गाडीले स्कुटरलाई पछाडिबाट हा ‘न्यो। तर स्कुटर जस्ताको तस्तै छ। बसले हा ‘नेपछि स्कुटर ढ ‘ल्यो। मान्छे उ’छिट्टि’एर पर लग्यो। त्यसपछि चालकले के हेर्‍यो खै! चालकले ब्याक गरी कि’चे’र घि’सा’रेर लग्यो,’ कल्याणले दुर्घटनाको सिसिटिभी फुटेज हेरेको बताए, ‘फा’लेको मात्रै भए मर्दैन थियो होला। घाइते भए उपचार गराउन सकिन्नँ भनेर २० मिटर जति घि’सा’रेर मा’ र्‍यो।’

कृतिका काठमाडौं बसेको दस वर्ष भइसकेको थियो। उनी शान्तिनगरमा आफ्नी बहिनीसँग डेरामा बस्दै आएकी थिइन्। फुपू दिदी जमुना कार्कीका अनुसार कृतिकाले हालसालै मास्टर्स सकाएकी थिइन्। उनले एमबिएस गरेकी हुन्। जमुनाले भने घटनाबारे बिहान मात्रै थाहा पाएकी थिइन्।

कृतिकाको विवाह गर्ने कुरा पनि चलिरहेको थियो। तर त्यसैबीच यस्तो घटना भएको उनले बताइन्। कृतिका पढाइमा पनि सानैदेखि अब्बल भएको उनी बताउँछिन्।जमुनाले भनिन्, ‘पढाइमा पनि ट्यालेन्ट, त्यसमा मात्र होइन हरेक कुरामा। कसैलाई पनि नराम्रो नगर्ने सिद्धान्त थियो उनमा। उसको जति भावना कसैको छैन होला।’

प्रतिक्रिया दिनुहोस