कुच्चिएको थोत्रो चम्चाले चम्कियो भाग्य, ३० रुपैयाँमा किनेको चम्चा ४ लाखमा बिक्यो

काठमाडौँ । कवाडीमा बेच्न राखिएको थोत्रो कुच्चिएको चम्चाले एक व्यक्तिको भाग्य पल्टिएको छ। यी व्यक्तिले लण्डनमा केवल २० पेन्स (३० रुपैयाँ) मा एउटा थोत्रो कुच्चिएको चम्चा किनेका थिए।

यी व्यक्तिलाई त्यो चम्चा दुर्लभ मध्यकालीन चम्चा हुन सक्ने महशुस भइरहेको थियो। यो चम्चाले आफ्नो भाग्य बदल्न सक्ने महशुस भएरै उनले त्यो चम्चा किनेका थिए।

मेट्रोको रिपोर्टअनुसार चम्चा किनिसकेपछि यसको जाँच गराउँदा त्यो चम्चा १३ शताब्दीको अन्त्यतिर बनाइएको चाँदीको चम्चा भएको खुलासा भयो। उनलाई यो चम्चा दुर्लभ भएको थाहा भएसँगै उनले समरसेटका लरेन्स लिलामीकर्तासँग सम्पर्क गरे र लिलामीको लागि त्यो चम्चालाई दर्ता गराए।

चम्चालाई अनलाई लिलामीको लागि दर्ता गराइएपछि त्यसलाई किन्न चाहनेहरुको बोलकबोल बढ्दै गयो। केही समयसम्म बोलकबोल जारी रहेपछि अन्ततः त्यो चम्चा २ हजार ३७५ पाउण्डमा बिक्री भयो।

यो चम्चा बिक्री भएपछि बिक्री गर्ने व्यक्तिले सामाजिक संजालमा आफूले आफ्नी छोरीको साथमा अनलाइनमा लिलामी हेरिरहेको र आफूलाई विश्वास नभएको लेखेका छन्। लिलामीकर्ताका अनुसार यी व्यक्ति अब पूर्वी इङल्याण्डमा विदा मनाउन यो पैसा खर्च गर्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस