घाँटीमा ‘डिएसएलआर क्यामेरा’ भिरेर नयाँ वर्ष मनाउन विदेश पुगे पूर्वमुख्यमन्त्री राई

अङ्ग्रेजी नयाँ वर्ष २०२२ मनाउको लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र उनकी पत्नी जाङ्मु इन शेर्पा नेपालबाहिर छन् । शेर्पाले सामाजिक सञ्जालमा राईसँगको एक तस्बिर पोस्ट गर्दै नयाँ वर्षको शुभकामना दिएकी छन् । दृश्य हेर्दा उनी नेपाल बाहिर गएको बुझ्न सकिन्छ ।

शेर्पाले कुन ठाउँ भनेर नखुलाइए पनि उनीहरू नयाँ वर्ष मनाउन माल्दिभ्स पुगेको मुख्यमन्त्री निकट स्रोतले बतायो । शेर्पाले शेयर गरेको तस्बिरमा राई सेतो टिसर्ट हाफपाइन्ट लगाएका छन् भने जाङ्गमुले फूलबुट्टे छोटो वानपिस लगाएकी छन् ।

मिस मङ्गोल २०१८ को विजेतासमेत रहेकी जाङ्मुलाई कालो चश्मा र रातो क्यापले निकै सुहाएको छ । कालो चस्मामा सजिएका राईले घाँटीमा डिएसएलआर क्यामेरा बोकेको छन् । जोडीको फोटो खिच्दा गलामा झुन्डाएको क्यामेरा निकालेको भए उत्तम हुने सुझाव ज्याङ्मुका फलोअर्सहरूले दिएका छन् ।

सार्वजनिक भएको उक्त तस्विरमा जाङ्मुले चप्पल लगाएकी छिन् भने राईको खुट्टामा केही पनि छैन । जाङ्मुले हातमा बोकेको झोलामा लुगाहरू देखिन्छ । शेरधन राईको गलामा क्यामेरा र पत्नीको झोलामा लुगा देखपछि “माननीयलाई नै फोटोग्राफर बनाइदिएको” भन्दै केहीले हाँसोमजाक समेत गरेका छन् ।

अघिल्लो वर्षको माघ ११ गते विवाह बन्धनमा बाँधिएका यी जोडी विवाहलगत्तै हेलिकोप्टर चढेर ससुराली गएको भन्दै आलोचना भएको थियो । मुख्यमन्त्रीबाट राजीनामा दिएको चार महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको आरोप लागेका शेरधनले केही दिनअगाडि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस