७० बर्षीय हजुरबा र नाति मिलेर गर्दा रहेछन यस्तो काम ! घरमै गएर प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं, २१ पुष । गौशाला नगरपालिका ४ स्थित रजखोरबाट ४ व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार रजखोरका ७० वर्षका रामचन्द्र साहको घरबाट साह र उनका २१ वर्षका नाति रोहित पक्राउ परेका हुन् ।

त्यस्तै, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ बर्षीय छोरा विवेक साहलाई पनि बुधवार राति प्रहरीले पक्राउ गरेको छ।

रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गाजा तीन केजी, डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२० पुस बेलुका साढे ६ बजे रामचन्द्र र उनकाे नाति रोहितलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेकाे सूचना पाएकाे प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय महोत्तरी गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस