काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक युवतीको मृत्यु युवक गम्भीर घाइते

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा घाइते भएका छन्। स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको कलंकीको सब वे मा प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सबार धादिङ घर भइ काठमाडौँको नैकाप बस्ने २७ वर्षीय सोफिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक गोरखा घर भएका ३१ वर्षीय रामशरण ढकाल घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ। बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिकामा राज्यमन्त्री सवार गाडी दुर्घटनामा परेको हो ।

सप्तरीको विष्णुपुर गाउँपालिका-६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो ।

राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक प’ल्टि’एर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चो’ट’पट’क ला गे को सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताउनुभयो ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको ह’त्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते ह’त्या भ’ए’को थियो । दुवै जनाको ह’त्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस