संक्रमण बढ्न थालेपछि सिसिएमसिसीको बैठकले भर्खरै गर्यो यस्तो निर्णय

बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्रि शेरबहादुर देउवाले नेपालमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्। नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्।

‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुन्छ। जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनुस्,’प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै एक नेताले भने,‘तयारीमा कुनै कसर बाँकी नराख्नुस्। खोप सबैलाई उपलब्ध गराउनुपर्छ।’

भ्याक्सिन अभियानलाई तीव्र पार्न, अस्पतालहरुलाई तयारीमा अवस्थामा राख्न निर्देशन दिएका हुन्। त्यस्तै परीक्षणको दायरा बढाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक मन्त्रीले बताए। शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा संक्रमण देखिएको थियो भने एकैौदिन २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो।

बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भएको छ । उनले भने, ‘संक्रमण बढेको बढेकै छ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उठान पनि स्थगित गर्नुपर्ने हुन सक्छ । आज छलफल भएको छ । निर्णय भएको छैन ।’

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए । उनले भने, ‘नाकामा कडाइ गछौं । संक्रमितलाई होल्डिङ सेन्टरमा राख्छौँ । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस