काे-राेना संक्रमण ह्वात्तै बढेपछि काठमाण्डौँमा स्मार्ट लकडाउन लगाउने यस्ताे तयारी !

को- रोना भाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको को-भिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन् । आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ ।

स्वास्थ्य मन्त्रालयले भोलि नै को- रोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भी-डभा-ड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले नेपाल प्रेसलाई बताए । एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए ।

‘पहिले हामी जिल्लाभित्रको परिस्थितीबारे समीक्षा गर्छौं र तीनै सीडीओबीच भीडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्नेबारे टुंगो लाग्छ’ उनले भने । भक्तपुरकी सीडीओ रुद्रादेवी शर्माले संक्रमण ह्वात्तै बढेपछि भी-डभा-डजन्य गतिविधिमा रोक लगाउने तयारी भैरहेको बताइन् ।

‘भोलिको डीसीसीएमसी बैठकमा हामीले खोपलाई तीव्रता दिने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्नेदेखि नाकामा क-डाइ गर्नेसम्मको छलफल गर्नेछौं’ उनले भनिन्, ‘साथै, भी-डभा-ड हुने क्षेत्रलाई रोक्नेबारे निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस