उदयुरमा सवारी दुर्घटना : एकको मृत्यु, घाइतेको बिराटनगरमा उपचार हुँदै

उदयपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहमा मोटरसाईकल दुर्घटनामा परी ३१ वर्षीय दिलीप दुलालको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलाबहादुर श्रेष्ठका अनुसार मालबाहक ट्रक र दुई जना सवार मोटरसाईकल एक आपसमा ठो क्किएको थियो । सो घटनामा घाइते भएका दुवैलाई तत्काल स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी मोरङको बिराटनगरस्थित न्यूरो हस्पीटल पठाइएको थियो ।

मृत्यु हुने दुलाल मोटरसाईकलको पछाडी सवार रहेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । घटनाको समय हेल्मेट नभएका कारण समेत पछाडी बस्ने त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीका दुलाललाई टाउँकोमा ग हिरो चो ट लागेकाले ग म्भीर अवस्थामै बिराटनगर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाईकल चालक देउरीकै ३२ वर्षीय प्रभुनारायण चौधरी भने सोही अस्पतालमा उपचाररत छन् ।

शुक्रबार बेलुका साढे ५ः०० बजे सदरमुकाम गाईघाट बजारबाट जलजले तर्फ जाँदै गरेको प्र २ -०१२००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर आपसमा ठो किएको थियो ।

घाईते दुलालको उपचारकै क्रममा राती ९ः०० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ता स्थायी घर भएका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारीसाधनसहित नियन्त्रणमा लिइ उदयपुर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस