उच्च रक्तचाप र युरिक एसिड भएका व्यक्तिले नखानुहोस् यी खाना, नत्र पर्नेछ पछुतो

हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ। त्यसका लागि के के गर्न सकिन्छ ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका १५ सुझाव हेर्नुहोस्ः

उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरुः नून र चिल्लो पदार्थको सेवन कम गर्ने। धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि।

मोटोपना घटाउने । दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने । गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने।

गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने । ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने। नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरुः रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि । मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।

प्रशस्त मात्रामा पानी पिउने । दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने । योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि।

दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने। जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि।

प्रतिक्रिया दिनुहोस