अब होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य

काठमाडौं । अब होटल प्रवेश गर्दा पनि कोरोनाबिरुद्धको खोप लगाएकाे कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाल सरकारले कडाइ गरेको हो । आइतबार मात्रै नेपालमा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।(सीसीएमसी)ले देशै भरका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सुगर लेभल १५ मिनेटमा घटाउने जुस

हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।

अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जसले मधुमेह जस्ता रोगीहरुको शरीरमा फ्रि रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । अनारको बिउले इन्सुलिन सेन्सिटिभिटीलाई सही बनाउँछ ।

हाम्रो शरीरमा एक दिनमा रक्तचापको लेभलमा धेरै पटक उतारचढाव आउने गर्छ । यसलाई नियन्त्रणमा राख्न आवश्यक छ । विशेषगरी, मधुमेहका रोगीले यसमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह र रगतमा चिनीको मात्रा धेरै हुँदा अत्यधिक पानी प्यास लाग्ने गर्छ । यसका साथै, आँखामा धमिलोपन आउने, बान्ता हुने जस्ता लक्षणहरु देखापर्छन् ।

मन बेचैन हुने, मुख सुख्ने र अत्यधिक थकाइ लाग्ने आदि समस्या हुन्छन् । चिकित्सकहरुले रगतमा चिनीको मात्रा घटाउनुभन्दा अगाडि जाँच गर्न आवश्यक भएको बताएका छन् । मधुमेहका रोगीहरुले रगतमा चिनीको मात्रा नाप्नका लागि मिटर वा टेस्ट स्ट्रिपको प्रयोग गर्ने गर्छन् ।

मधुमेह पीडितको रगतमा चिनीको मात्रा खाना खानुअघि ४.० देखि ५.९ mmol/L हुन आवश्यक छ । मधुमेहको टाइप १, २ र मधुमेहबाट पीडित बालबालिकाको सुगर लेभल ४ देखि ७ mmol/L हुन आवश्यक छ ।

डायबेटिज युकेकी सिनियर क्लिनिकल एड्भाइजर एस्थर वोल्डनले टाइप २ डायबेटिजबाट पीडित व्यक्तिहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा हृदयघात, स्ट्रोक, मिर्गौला फेल हुने, आँखासँग जोडिएका समस्याहरुको जोखिम कम गर्न सकिन्छ । विशेषज्ञले विभिन्न प्रकारका जुसहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस