बज्यो खतराको घन्टी ! काठमाडौं उपत्यकामा नै नसोचेको भयो

पछिल्लो २४ घण्टामा गरिएको संक्रमण परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ। २४ घण्टामा संक्रमणदर ९.५ प्रतिशत, उपत्यकामा मात्रै ६१५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरिन् ।

उनका अनुसार काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ८४८ जनाले पिसिआर र तीन हजार ७८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २२४ जना बाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार २३० पुगेको छ । नेपालमा पिसिआर विधिबाट परीक्षण गरिँदा आठ लाख ३२ हजार ५८९ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ४१५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख २८ हजार ६२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५८ हजार ३७९ पुगेको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०४ पुगेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १६ र आइसियुमा ७७ जना रहेका छन् । होम आइसोलेसनमा छ हजार १२७, संस्थागत आइसोलेसनमा ६२८ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ र र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ९०, ललितपुर ८०३ र भक्तपुरमा ५८८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस