इच्छा अनुसार छोरा वा छोरी जन्माउने तरिका यस्तो रहेछ (भिडियो)

सन्तान जन्माउनका लागि हिन्दू धर्म दर्शनमा विभिन्न तर्कहरु उल्लेख गरिएको छ । विशेषत वेदमा छोरा वा छोरी जनमाउनका लागि गरिने विभिन्न विधि, ब्रतको उपाय अपनाइएको छ । कोही सन्तान नभएर, छोरा नभएर र त कोही छोरी नभएका कारण चिन्तत हुनुहुन्छ भने शास्त्रमा उल्लेख गरिएका विधि प्रभावकारी हुने आस्तिकहरुको विश्वास छ । यसका लागि हिन्दू धर्म दर्शनमा महत्वपूण मानिने वेदमा केही व्यवस्था गरिएको छ ।

छोरो जन्माउने विधि

छोरो जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमास बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमास ऋतुस्नान गरेको दिनबाट जोर रात ९४, ६, ८, १०, १२, १४, १६० मास पुंसज्ञक तिथिको रातमास पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–नवमांशमास पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमास शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमास आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको बेलामास लग्नको चारौं, सातौं दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमास पुंग्रहहरूले देखेको लग्नमास बिजोर राशिमा चन्द्रमा रहेको बेलामास ऋतुस्नानका उत्तरार्धका समरात्रिमा ग’र्भाधा’न गर्दा छोरो जन्मिन्छ (मु।चि। सं।प्र। श्लोक ७, पीयूषधारी टीका पृ। २३०० )

बिजोर राशिको वर्ग पाँचौँमा रहेको र शुक्रलाई चन्द्रमाले नदेखेको मुहूर्तमा ग’र्भाधा’न गर्दा पनि छोरो नै हुन्छ ९बृहज्जातक निषेका। अ। श्लो १–२२० । केन्द्रमा र त्रिकोण ९९, ५० मा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा राहु, केतु, शनि र मङ्गल बसेको बखतमा जोर रातमा ग’र्भाधा’न गर्दा पनि छोरो हुन्छ (ज्योतिःसार, मु। प्र। श्लो। १९५० )

मङ्गलको लग्न नवमांशमा वा स्त्री पुरुषको मूल र अन्तर्दशा मङ्गलकै भएको मौकामा ग’र्भाधा’न गर्दा पनि छोरो हुन्छ । फेरि लग्नबाट वा चन्द्रमा बसेको स्थानबाट पाँचौं भाव शुभग्रह वा आफ्नै स्वामीले युक्त वा दृष्ट अवस्थामा छोरा हुन्छ (त्रि। ज। कु। द।, श्लो। १०, पृ। २१३० ) शनि लग्नबाट ३, ५, ७, ९ र ११ स्थानमध्ये कुनै एकमा रहेको बखतमा छोरो हुन्छ (बृहज्जा। निषेका। ४, श्लो। १२० )

लग्नस्थानमा सूर्यचन्द्र पापग्रहयुक्त नभएमा, सातौं स्थानमा राहु–केतु–शनि नभएको बखतमा, आठौं स्थानमा मङ्गल र चौथो स्थानमा पनि पापग्रहहरू नभएको लग्न र लग्नबाट ४, ५, ७, ९ र १० स्थानमा शुभग्रह रहेको अनि ३, ६ र ११ औं भावमा चाहिं पापग्रह बसेको मुहूर्तमा शुभतिथि र शुभनक्षत्रमा सम रातमा ग’र्भाधा’न गर्दा छोरा हुन्छ (मुहूर्त चिन्तामणि, संज्ञाप्रकरण० ) भिडियो

प्रतिक्रिया दिनुहोस