श्रीमानको कमजोरीले गर्दा बच्चा नजन्मिएर सहमतीमा आफ्नै ससुरासंग श्रीमतीई पठाएपछि…!

काठमाडौ । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने महिला पुरुषमा बराबर भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ ।

सन्तान नहुँदाको पिडा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेकी छन् । आफुसँगबाट सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरासँग पठाइदिएका छन् ।

खबर नेपालको भने हैन । तर विश्वकै ठूलो हिन्दु देश नेपालको छिमेकी भारतको भने हो । श्रीमानको इच्छा अनुसार महिलाले ससुरासँग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म लगातार प्रयास गर्दा पनि सन्तान जन्मिएनन् ।

आजतकका अनुसार सन्तान नजन्मिएकै कारण ति पुरुषले ३ पटक विवाह गरिसकेका थिए । यो उनको चौथो पटकको विवाह थियो । चौथो पटक विवाह गरेकी श्रीमतीबाटपनि सन्तान नभएपछि बल्ल उनको स्वास्थ्य परीक्षण गरियो । त्यसपछि बल्ल थाहा भयो की सन्तान नहुनुको कारण उनी नै रहेछन् । अहिलेसम्मका श्रीमती हैनन् ।

त्यसपछि उनले सहमतिमा नै आफ्ना बुवासँग सन्तानका लागि श्रीमती पठाउन राजि भए । तर विवसता ससुरासँगको सम्बन्धमापनि उनी बाट सन्तान भएन । त्यसपछि उनलाई त्यो घरबाट नै अलग गरियो । महिलालाई घरबार बिहिन बनाएपछि मात्र यो कुरा बाहिर आयो ।

त्यो समयसम्म यो कुरा घरभित्र नै थियो । त्योबीचमा ससुरासँगबाटपनि सन्तान नभएपछि परिवारको सहमतिमा ती महिलालाई देवार अर्थात पुरुषका भाइसँग पठाउँने निर्णय भयो । तर ती महिलाले अस्वीकार गरिन् ।

घरका सबैसँग त्यसरी बसेमा आफु मानिस सरह जीउन नपाउँने भन्दै उनले त्यो प्रस्ताव अस्वीकार गरिन् । तर घरपरिवारले दवाव दियो । त्यसपछि त्यो मामला प्रहरीमा पुग्यो । महिलाले उजुरी लिएर प्रहरी समक्ष पुगिन् । अहिले उक्त परिवारका सबै पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस