पछिल्लो २४ घण्टामा थपिए २४ सय ४४ संक्रमित

नेपालमा कोरोना संक्रमित तीव्र गतिमा थपिन थालेका छन्। कोरोनाको तेस्रो लहर सुरु भएको सातामै संक्रमितको संख्या दैनिक ५ सयदेखि एक हजारको दरले बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २४ सय ४४ नयाँ संक्रमित थपिएका छन्।जसमा १९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ।

यही अवधिमा मृत्युदर भने निकै कम रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मात्रै ज्यान गएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३ सय ८५ परीक्षण भएको थियो।

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४२० जनामा कोरोना पुष्टि भएको छ ।यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – २६
११–२० वर्ष –१४९
२१–३० वर्ष – ४२०
३१–४० वर्ष – ३३६
४१–५० वर्ष – १९४
५१–६० वर्ष – १२५
६१–७० वर्ष –७८
७१–८० वर्ष – २०
८० वर्षभन्दा माथि– ९
अज्ञात– ०

प्रतिक्रिया दिनुहोस