सेतो पानी बगिरहने समस्याले हैरान हनुहुन्छ ? यसरी घरमै उपचार गर्नुहोस्

काठमाडौँ । महिलाहरुको यौ’ना’ङ्गबाट सेतो वा हल्का पहेलो खालको पा’नी ब’ग्ने प्राकृतिक प्रक्रिया हो, ल्युकोरिया महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म) का महिलाहरुमा हुन सक्ने नितान्त प्राकृतिक र सामान्य चक्र हो ल्युकोरिया।

महिलाको यो’नीबाट से’तो रंगको, चिपचिप खालको पा’नी ब’ग्नुलाई स्वास्थ्यको भाषामा ‘ल्युकोरिया’ भनिन्छ। यो भनेको हाम्रो शरीरले स्वतः महिला प्रजनन अंगको सफाइ गर्ने प्राकृतिक प्रक्रिया हो।

यो प्रक्रियाले यो’नीको भि’त्री भागलाई सफाइ गर्ने, त्यस क्षेत्रको पीएच मानलाई आवश्यक मात्रामा राखेर व्याक्टेरिया, ढुसी वा अन्य कुनै पनि किसिमका संक्रमणहरुबाट यौ’ना’ङ्गलाई बचाउने काममा सहयोग गरिरहेको हुन्छ। यस अर्थमा ल्युकोरिया उपयोगी प्रक्रिया नै हो।

तर प्रकृतिले निर्धारित गरिदिएको त्यो उपयोगी प्रक्रियामा पनि कहिलेकाहीँ गडबडी देखापर्न सक्छ। त्यस्तो गडबडी देखापर्नु चाहिँ समस्याको सूचक पनि हो। सेतो वा हल्का पहेलो खालको पा’नी ब’ग्ने आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ। महिनावारीको अघिपछि यस्तो पानी ब’ग्नु धेरैको समस्या हो। कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ। यसले अन्य रोगको संकेत पनि गर्ने गर्छ।

सेतो पानी बग्ने कारण

आफ्नो सं’वे’दन’शील अं’ग’को ठिक रुपमा सफाई नहुनु, कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु, बिरामी मानिससँग सम्बन्ध राख्नु, पटक पटक गर्भपतन गराउनु। कुनै रुपमा संक्रमण या बिरामीको कारण, शरीरमा पोषक तत्वको कमी हुनु आदि ।

यस रोगका लक्षणहरु

चक्कर आउनु, शरीरमा थकावट हुनु, सं’वे’द’नशील अं’ग चिलाउनु, शरीरमा कमजोरी महसुस हुनु, संवेदनशील अंगबाट दूर्गन्ध आउनु, कब्जियत एवं टाउको दुखाई हुनु ।

सुरक्षाको तरिका

आफ्नो सं’वे’द’नशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपर्छ । महिनावारीको समयमा सफाईको पूरा ध्यान दिनुपर्छ । हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने गर्नुपर्छ । हल्का पानीले यसलाई सफा गर्नुपर्छ । सुख्खा वा सुतीको कपडाबाट आफ्नो सं’वेद’न’शील अं’गको सफाई गर्नु राम्रो हुने चिकित्सकहरुको सुझाव छ । ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।

यसबाट बच्ने घरेलु उपाय

राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने गर्नुपर्छ । आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ । फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो सं’वे’द’न’शी’ल अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै से’तो पा’नी ब’ग्ने समस्याको समाधान हुने गर्दछ ।

चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो सं’वे’द’नशील अं’गको सफाई गर्नुपर्छ । १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ । गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने गर्नुपर्छ । मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्न सकिन्छ । यसको साथमा हामी मेथीको धुलोलाई पानीमा राखेर पनि लिन सकिन्छ । भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्न सकिन्छ।

यो पनि, हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ। यसका फाइदा यस प्रकार रहेका छन्ः

छाला कसिलो बनाउछ: भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ। यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ। यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ। पोषण तत्व: भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ। भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ।

पखलाको औषधि: बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो। यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। पखला लाग्दा शरीरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ।

कब्जियतको समाधान: भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ। पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ।

स्वस्थ कपाल: भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ। स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ।

शितल स्नान: भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ। मलमलको कपडामा केही अर्धकल्च पाकेको चामल खन्याउनुहोस र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस्। भातको पानीले नुहाएर स्वच्छ र स्फूर्तीलो हुनुहोस।

प्रतिक्रिया दिनुहोस