यो झारले किड्नीमा आउने समस्या मात्र होईन किड्नी फेल हुनबाट पनि बचाउँछ,यसरी गर्नुहोस प्रयोग

किडनी मानव शरिरकाे एउटा महत्वपूर्ण अ‌ंग हाे । तर हाम्राे आफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजा आज सामान्य जस्तै बनेकाे छ । किड्नी फेल हुनु भनेकाे किड्नी खुम्चनु हाे । किड्नीमा रहेकाे नेफ्राेन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फाेहाेर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएकाे अवस्थामा नेफ्राेन्स थिचिनाले यसले राम्ररी फाेहाेर छान्न सक्दैन ।

यसाे हुँदा हाम्राे शरिरमा रहेकाे विषाक्त पदार्थ Creatinine र Urea का रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ । यसैलाइ आधुनिक औषधि विज्ञानले किड्नी फेल भएकाे भन्दछ । र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्काे बिकल्प याे विज्ञानसँग छैन । काली गेडी परि गाेलभेडा जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बाेधन हुने याे झार नेपालमा जताततै पाइन्छ ।

अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएकाे याे झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् । याे वनस्पतीकाे पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनकाे दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहाेस । र यस पछि Sonography गराएर हेर्नुहाेस ।

यो पनि पढ्नुस: किन किड्नी खराब हुन्छ ? १. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ २. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ । ५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । ७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ । ८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ । दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ ।

यस्ता १० संकेत देखिए मृगौला खराब भएको हुनसक्छ : १. छिटो-छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ । २. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ । ३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ । ५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ । ६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ । ७. मुख गनाउँने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।

८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ । ९. वान्ता होला जस्तो महसुश – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ । १०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस